प्रदेश १ को जनसुरक्षा कोषमा आज २१ लाख थपियो, जम्मा ११ करोडमाथि

प्रदेश १ को जनसुरक्षा कोषमा आज २१ लाख थपियो, जम्मा ११ करोडमाथि

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, चैत्र २० । प्रदेश १ सरकारले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा आज ९विहिबार० थप २१ लाख एक हजार रुपैयाँ थपिएको छ । यो सहित कोषमा ११ करोड २१ लख ९५ हजार नौ सय ४४ रुपैयाँ कोषमा जम्मा भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

आज यो कोषमा कुमारी बैंक लिमिटेडले १० लाख, माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख, गरिमा विकास बैंकले ५ लाख र निर्माण व्यवसायी संघ मोरङले एक लाख एक हजार मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

यसैबीच नेपाल उद्योग परिसंघले ११ लाख बराबरको खाद्यान्न सामाग्री प्रदेश सरकारलाई उपलब्ध गराएको छ । मुख्यमन्त्री राईलाई परिसंघको तर्फबाट चामल, दाल, नुन, तेल र चिउरा सहितको खाद्यान्न सामाग्री परिसंघले उपलब्ध गराएको हो ।

एनआईसी एशिया बैंकले पनि पाँच लाख बराबरको खाद्यान्न सामाग्री आज प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ