काठमाण्डौं चैत्र २० । जनअधिकार अभियान नेपालले कोरोनाको बढ्लो संकटका बेला घर फर्कने नेपालीहरु दार्चुलाको महाकाली पुल पारी र नेपालगञ्ज लगायतका विभिन्न भारतीय सिमानामा खुल्ला आकाशमा बस्न बाध्य भएको भन्दै उनीहरुलाई नेपाल प्रवेशको व्यवस्था गर्न र राजनीतिक आस्थाका बन्दीहरुलाई रिहा गर्न आग्रह गरेको छ ।
अभियानका अध्यक्ष एकराज भण्डारीले आज एक विज्ञप्ति जारी गरी सिमानामा खुल्ला आकाशमुनि रात विताईरहेका नेपाली नागरिकहरुलाई स्वास्थ्य एवं आवासको हकको प्रत्याभुति गर्न र उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने जस्ता संविधानको धारा ४५ को मर्म अनुसार व्यवस्था गर्न सरकार, नागरिक समाज एवं सरोकारवालाहरुसगँ अनुरोध गर्नु भएको छ ।
साथै राजनीतिक आस्थाका आधारमा कसैलाई पनि पक्राउ नगर्न र पक्राउ परेकाहरुलाई तत्काल रिहाई गरी मानवअधिकारको प्रत्याभुत दिलाउन अभियानले सरकारसगँ अनुरोध गरेको छ ।
हेर्नु् विज्ञप्तिः 