बीरगञ्जः क्वारेन्टाईनमा कोचाकोच , ४ सय बढी भारतीयलाई एउटै बिद्यालयमा !

बीरगञ्जः क्वारेन्टाईनमा कोचाकोच , ४ सय बढी भारतीयलाई एउटै बिद्यालयमा !

  • बिहिबार, चैत्र २०, २०७६
  • राहुल गुप्ता

  • 7.5K
    SHARES

वीरगन्ज,१९ चैत । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा एउटै कोठा मा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल को विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४१७ भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनको कोठा लगेर राखेको हो ।

एउटै कोठामा कोचा कोच गरेर राखिए पछि कस्टडी जस्तो भएको र कसैमा संक्रमण भए अझ बढी समस्या आउने भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

४१७ भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो । लक डाउनको बेला अलपत्र परेकाहरुको नागरिक लाई जुन देश का हुन त्यही देशले गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा भारतीयहरुलाई क्याम्पसमा पुर्याएको बताइएको छ ।

सो को खाने ब्यवस्थापन बिरगंज महानगरपालिका ले गर्ने मेयर बिजय कुमार सरावगी ले जानकारी दिनु भएको हो । केही दिनअघि ठाकुरराम क्याम्पस प्रशासनले आवश्यक परेमा क्याम्पसलाई कोरना नियन्त्रणका संरचना बनाउन दिने सूचना गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ