चैत्र २० काठमाण्डौं । संसारले विकास प्रगतिको नयाँ शिखर चुमिसकेको छ । तर हाम्रो देश अझै पनि लाखौं नेपालीहरुको श्रम र जवानी खाडी र प्रवासमा पठाएर उनीहरको रेमिट्यान्सबाट चल्न बाध्य भएको छ ।
विक्रम संवत १९९७ सालदेखि राणा विरद्ध संस्थागत राजनीतिक आन्दोलन शुरु भएर १० वर्षे माओवादी जनयुद्ध हुदैँ त्यस पछिका आन्दोलनका नाममा पनि हजारौँ नेपालीहरुले रगत बगेको छ । समाज विकास र परिवर्तनका नाममा तर अहँ देश अझै भ्रष्टाचार र बेरोजगारीबाट यति आक्रान्त छ कि त्यसले धेरै नेपालीहरु संसारको जुनै कुनमा रहे पनि पीडित हुदछन् ।
भ्रष्टाचार विरुद्ध भनेर सडकमा आन्दोलन गर्नेहरु पनि सत्तामा पुगे पछि फेरी भ्रष्टाचार गरेका उदाहरण खोज्न नेपालबाट बाहिर जानु पर्दैन ।
अहिले कोरोनाको विश्वव्यापी सन्त्रासपछि बरु नेपालमा नेपालीहरु सुरिक्षत नै छन् अपेक्षाकृत तर खाडीदेखि अमेरीकासम्म नेपालीहरुले पीडा भोग्नु परीरहेको छैन । अझ भारतबाट आफ्नै देशमा छिर्न नदिएर चाबी लगाएको छ राज्यले ।
यो कोरोनाको फैलावट रोक्ने एउटा तरीका होला तर उनीहरुमाथिको व्यवहारको अन्तराष्ट्रिय समुदायबाट समेत आलोचना भएको छ । भर्खरै कोरोनाको परीक्षण र उपचार उपकरण खरीद प्रकरणमा भ्रष्टाचारको कुरा आए पछि धनकुटा साविक कुरुले तेनुपाका एक युवा देवानन्द खनालले रुदै दुई हात जोडेर भ्रष्टाचार गर्ने नेताहरु भन्दै वेदना पोखेका छन् ।
उनको भिडियोमा रुदै आशु पुछ्दै उनले भावुक भएर भ्रष्टाचारको विरोध गरेको देख्न सकिन्छ । संसारमा नेताहरु कसरी कोरोनाबाट बाँच्ने भनेर लागेका छन् तर हाम्रा नेताहरु कसरी कमाउने भनेर ? धन्यवाद छ , तपाईहरुलाई कोरोनाले नछोओस्, हामी सडकमा ल्याउछौं । उनले भनेका छन् । उनी हाल कतारमा रहेका छन् ।
हेर्नुस् यो भावुक भिडियो :
https://www.facebook.com/debananda.khanal.10/videos/2686170334841738/?t=190