चैत्र २० काठमाण्डौं । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरले प्रधानमन्त्री पछिका सबै भन्दा शक्तिशाली मन्त्री हुन् । उनी प्रधानमन्त्री विदामा बसेको बेला सरकारको नेतृत्व सम्हालीसकेको अनुभव छ कार्यबाहक प्रधानमन्त्रीका रुपमा ।
तर आज प्रकाशित नयाँ पत्रिकाको एउटा अन्तवार्तामा उनले दिएको जवाफको सामाजिक सञ्जालमा आलोचना शुरु भएको छ ।
उनले सो अन्तरवार्तामा धेरै जवाफ स्वास्थ्य सेवा विभागका डाईरेक्टर लगायतसगँ सोध्न भनेका छन् ।
पत्रकारले पटक पटक प्रश्नहरु गरे पछि उपप्रधानमन्त्री पोखरेलले डाक्टरहरुले के के भन्छन् मैले बुझेको छैन भनेका छन् ।
हरेक प्रश्नमा स्वास्थ्य सेवा विभागका डाईरेक्टरको नाम जोड्दै उनले स्वास्थ्य मन्त्रीको बारेमा भने कुनै शब्द निकालेका छैनन् ।
उनले देशमा स्वास्थ्य सामाग्री या कुनै पनि चिजको अभाव नहुने सरकारले पुर्ताल गर्ने बताए ।
गुणस्तर हिन ७५ हजारथान टेष्ट किट ७ करोडमा किनेर ल्याए पछि र अरु सामाग्री समेत मंहगोमा ल्याएको र भ्रष्टाचार भएको भनेर चौतर्फी आलोचना शुरु भएको छ ।
यो आलोचनाकाबीच सामाग्री खरीदको जिम्मा पाएको ओम्नी समुहसगँको खरीद सम्झौता रद्ध गरी धरौटी समेत जफत गरेको छ सरकारले ।