तातोपानी नाका खुलाउन पहल

तातोपानी नाका खुलाउन पहल

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १९ चैत ।
नेपाल सरकारले बन्द रहेको तातोपानी नाका खुलाउने निर्णय गरिसके पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) सङ्क्रमणको कारणले अहिले तातोपानी नाका सुनसान छ ।

बन्द रहेको तातोपानी नाका खुलाउन र त्यहाँको अवस्थाबारे बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल नेतृत्वको टोलीले बुधवार सो क्षत्रेको अनुगमन गरि जानकारी लिएको छ।

अनुगमनका क्रममा तातोपानीका भन्सार अधिकृत लालबहादुर खत्रीले भन्सारमा ‘हेल्थ डेस्क’ सञ्चालन गरेर अत्यावश्यक सामान ढुवानी गर्न सकिनेबारे मन्त्री दुलाललाई जानकारी गराउनुभयो ।

त्यस लगत्तै मन्त्री दुलालले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग भेट गरी आवश्यक सम्वन्य गरी नाका सञ्चालन गर्न निर्देशन दिनुभयो । मन्त्री दुलालले सिन्धुपाल्चोकका बिभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसन र क्वारेन्टाइन वार्डको निरीक्षण पनि गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ