कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

कोरोनाको रोकथाम र उपचारका लागि डेढ अर्ब निकासा

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं १९ चैत ।
अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।

अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिनुभएको छ ।

त्यसैगरी ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको छ । चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको थियो । सहसचिव शर्माले राजश्वको असुली प्रभावित भएपनि खर्च पनि घटेको अवस्थामा कोरोनाविरुद्ध भविष्यमा आवश्यक पर्ने बजेटको अभाव भइहाल्ने अवस्था नदेखिएको बताउनु भयो ।

सकेसम्म कोरोनाविरुद्ध खडा गरिएको कोषबाटै आवश्यक खर्च गर्ने योजना सरकारको छ । तर, महामारीबाट उत्पन्न असरसँग लड्न छुट्टै कार्यक्रमहरु ल्याउने गृहकार्य छ । रकारले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनर्उद्दार गर्न विभिन्न दातृ निकायले दिन लागको करिब २२ अर्बको वैदेशिक ऋण पनि स्वीकार गर्ने निर्णय गरिसकेको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गत आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनेसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय गरेको छ ।

यस्तै, वार्षिक बजेटबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्ने निर्णय पनि भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ