लकडाउन सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्योः वैद्य

लकडाउन सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्योः वैद्य

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं १९ चैत्र ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले कोरोनाजन्य महामारी कोभिड–१९ निणन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनलगायतका कार्यक्रम राम्रो जस्तो देखिएपनि व्यवहारमा हेर्दा ती घोषणाले जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको बताउनु भएको छ ।

आज विज्ञप्ति जारी गर्दै वैद्यले लकडाउन सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्न गएको आभाष दिएको समेत बताउनु भएको छ । स्वास्थ्य मन्त्रालयले चीनबाट मेडिकल सामग्री खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहँदा वैद्यले पनि यसैप्रति लक्षित गर्दै कटाक्ष गर्नुभएको हो ।

उहाले कोभिड–१९को उपचार गर्नका लागि आवश्यक उपकरणहरु खरिदगर्ने क्रममा भएको भनिएको आर्थिक घोटालाको निस्पक्ष छानवीन गरी दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न पनि माग गर्नुभएको छ । यस्तै वैद्यले नेपाल–भारतको सिमा क्षेत्रमा नेपाली अलपत्र पर्दा पनि राज्यले चासो नदिएको विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

कोरोनाको परीक्षणलाई व्यापक विस्तार गरी सङ्क्रमितहरु पत्तालगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी वाँकीलाई सङ्क्रमित हुन नदिने तरीकाले काम गर्नुपर्नेमा सरकार अहिलेसम्म एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना सङ्क्रमित भएको भनेर बसिरहेको समेत वैद्यले आरोप लगाउनु भएको छ ।

माओवादीले अस्पतालमा कोरोनाका आशंका गरिएकाको उपचार नभएको, मजदुर, गाउँका गरीव किसान र निम्न आय भएका जनताका लागि राहत कार्यक्रम प्रभावकारी नभएको, प्रहरीबाट सर्वसाधारणमाथि हातपात भएकोलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी