चीनबाट कमसल स्वास्थ्य सामग्री आयात गर्ने ओम्नीसँगको सम्झौता खारेज, धरौटी जफत र कालो सूचिमा राख्ने प्रक्रिया अघि बढ्यो

चीनबाट कमसल स्वास्थ्य सामग्री आयात गर्ने ओम्नीसँगको सम्झौता खारेज, धरौटी जफत र कालो सूचिमा राख्ने प्रक्रिया अघि बढ्यो

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, १९ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ ।
मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको जानकारी दिनुभयो ।
साथै ओम्नी समूहको ५ करोडको धरौटी जफत गर्ने र कालो सूचिमा राख्ने प्रक्रिया पनि अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।
तत्काल स्वास्थ्य सामग्रि आवश्यक परेकाले प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘तर १० प्रतिशत मात्रै सामान आयो। बाँकी सामान आउने कुनै छाँटकाँट छैन, त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं।
महानिर्देशक श्रेष्ठले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुनः प्रक्रिया अगाडि बढाइने बताउनु भयो ।
सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको थियो। सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याएको थियो।
सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मो्मिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको थिए।
सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ