एजेन्सी चैत १९ । चीन देखि अमेरिका सम्म बिश्वका एक सय ९५ बढी देशमा कोरोनाले भयंकर बितन्डा मच्चाउने क्रम जारी छ । करिब ४३ हजार मानिसको ज्यान गैसकेको छ भने साढे आठ लाख बढी संक्रमीत पुगेका छन् । देशहरूले कोरोना रोक्न अझै सफल हुन सकेका छैनन् ।
तर केहि त्यस्ता देश छन् जहाँ कोरोना प्रवेश गरेको छैन । ती देश मध्य चीन सग सीमा जोडिएको उत्तर कोरिया लगायत १५ वटा छ्न ।
उत्तर कोरिया , ताजिकिस्तान,तुर्केमिनिस्तान,बोत्स्वाना,यमन,मलावी,साओ तोमे एन्ड पृन्सिसी, दक्षिणी सुडान, लिसाेयाे र काेमाेराेसमा अहिले सम्म कोरोना देखा परेको छैन । यसै गरि सोलेमन आईस ल्यान्ड , वानुआतु लगायतका केही टापुमा पनि काेराेना संक्रमण छैन ।
उत्तर कोरिया त कोरोनाको चिन्ता नभएको भन्दै लगातार छेप्यास्त्र परिक्षणमा लागेको छ ।
सिरिया सहित २२ देशमा १० जना भन्दा कम मानिसमा मात्र कोरोना देखिएको छ ।
यसै गरि नेपाल , भुटान सहित १६ देशमा पाच जना भन्दा कम मानिसमा कोरोना देखिएको जोन हप्किन्स बिश्वबिद्धालयले जनाएको छ ।
यसै गरि १३० देशमा कोरोनाले मानिसको मृत्यु भएको छ । यसै गरि सबै भन्दा बढी मृत्यु इटालीमा १२ हजार बढी छ भने सबैभन्दा बढी संक्रमीत अमेरिकामा एक लाख ७५ हजार भन्दा बढी छ ।