सीमामा रहेका नेपालीलाई उचित प्रबन्ध गरः जनमोर्चा

सीमामा रहेका नेपालीलाई उचित प्रबन्ध गरः जनमोर्चा

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

चैत्र १९ काठमाण्डौं । राष्ट्रिय जनमोर्चाले भारतीय सीमामा अलपत्र रहेका नेपालीलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध भारत सरकारले नै गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी सीमामा ठूलो सङ्ख्यामा भारतका विभिन्न स्थानबाट आएका नेपालीको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य सङ्गठन व्यवस्थाअनुसार कोरोना भाइरसको रोकथामका लागि विदेशी नागरिकलाई सम्बन्धित देशले नै व्यवस्था गर्नुपर्ने स्मरण गराउनुभएको हो ।

“भारत मात्र होइन, संसारका सबै देशमा भएका नेपालीको समुचित व्यवस्था भएको छ कि छैन रु त्यसबारे आवश्यक ध्यान दिनका लागि हामीले सरकारसित अनुरोध गर्दछौँ ।” अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, “भारतीय सीमाहरुमा रोकिएर बसेका नेपालीको समुचित व्यवस्था र समस्या समाधानका लागि पनि आवश्यक ध्यान दिन हामी सरकारसँग अनुरोध गर्दछौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ