चीनबाट ल्याईएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

चीनबाट ल्याईएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

चैत्र १९, काठमाडौँ ।
चीनबाट ल्याईएको स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
बुधवार विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
पौडेलले बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै अख्तियारमा उजुरी दिएका हुन्। उजुरीमा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालर्का यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै छानबिनको माग गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको देखिएको छ। साथै, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएर्का यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’
सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थार्न यापिड टेस्टिङ किट अहिले गोदाममा थन्किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।
‘कोभिड–१९ परिक्षण गर्न द्रुत परीक्षण किटको उपयोग गर्न डब्लुएचओले सिफारिस गरेको छैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले भन्नुभयो, ‘किनभने यसको परीक्षण परिणाम सतप्रतिशत विश्वसनीय छैन।’
उजुरी दिए लगत्तै अख्तियारको प्रवक्तासँग कुरा गरि उजुरी दर्ता भएको जानकारी लिएका नेता पौडेलले उजुरीमा बुँदागत विवरण समेत राखिएको जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ