अत्यावस्यक भनेर किनिएका सात करोड मुल्यका परीक्षण किट प्रयोग नहुने

अत्यावस्यक भनेर किनिएका सात करोड मुल्यका परीक्षण किट प्रयोग नहुने

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चैत्र १९ काठमाण्डौं । श्वास्थ्य मन्त्रालयले अत्यावस्यक भन्दै चीनबाट खरीद गरेको करोडौंको परीक्षण किट अहिले काम नलाग्ने भएको छ । र्यापिड डाईग्नोस्टिक किट विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले प्रयोगमा नआउने भएको हो ।
श्वास्थ्य मन्त्री भानुभक्त ढकालले महंगोमा सामाग्री खरीद गराएको र भ्रष्टाचार भएको आरोप लागिरहेका बेला अति जरुरी भनेर किनिएका ७५ हजार थान किट प्रयोगमा नआउने भए पछि किन किनियो ? भनेर आलोचना शुरु भएको छ । प्रतिथान ८ डलरमा किनिएको सो किटको मुल्य सात करोड हाराहारी छ ।
सरकारले किनेको ७५ हजार वटा द्रुत परीक्षण किट हाल उपयोग नगर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।
यो किटको सामान्य अवस्थामा प्रयोग गर्न डब्लुएचओले सिफारिस नगरेको औल्याउँदै श्रेष्ठले मुलुकमा कोभीड–१९ को ‘महामारी’को अवस्था भए वा सामुदायिक संक्रमण भएको अवस्थामा भने प्रयोग गर्न सकिने बताए ।
उनले ४५ मिनेटमा परीणाम दिनसक्ने यो किट स्क्रिनिङका लागि उपयोगी हुन सक्नेसमेत बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक विज्ञका अनुसार यस्तैखाले किटलाई युरोपेली मुलुक स्पेनले खरिद गरेपछि प्रयोग नगर्ने बताएको थियो। ‘करिब एक महिना पहिले चीनबाट आएका एजेन्टहरुले यस्तै किट किन्नुर्पयो भनेर काठमाडौंका अस्पतालहरुमा मार्के्टिङ गरीरहेका थिए’, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनिले भने, ‘अस्पतालहरुले यो किट किन्ने के गरौं भनेर मलाई पनि सोधेको थिए।’
यो किटको अवस्था हेर्दा भ्रष्टाचार भएको त हैन भनेर आलोचना गर्नेहरुलाई थप बल मिलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ