चैतेदशैँको शुभकामना दिँदै मुख्यमन्त्री गुरुङले भने,   काेराेना नियन्त्रण तथा उपचारमा सामूहिक प्रयास आवश्यक 

चैतेदशैँको शुभकामना दिँदै मुख्यमन्त्री गुरुङले भने,   काेराेना नियन्त्रण तथा उपचारमा सामूहिक प्रयास आवश्यक 

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

पोखरा, १९ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको जनाउनुभएको छ ।

नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले महामारीबाट विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको हो ।

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सहभाव एवं धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन प्रेरणा मिलेको सन्देशमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्र सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि रक्षा गर्दै बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सो सन्देशमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ