काठमाडौं, १९ चैत ।
बागमति प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ यतिबेला लकडाउनका बेला समस्यामा परेकाहरुको सहयोग तथा राहत वितरणमा सक्रिय बनेका छन् । नेपाली कांग्रेसका युवा नेता श्रेष्ठ आफ्नै सक्रियतामा समस्यामा परेका हरुलाई आर्थिक तथा खाध्ययान्ह वितरमा खटिएका हुन् ।
मुलुकभर लकडाउन छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरेको छ । अत्यावश्यक बाहेक घरबाहिर कोहि निस्कन पाएका छैनन् । तर सांसद श्रेष्ठ भने यस्तो अवस्थामा विपन्न, ज्यालादारी मजदुर र भाडावाल नागरिको पिडादायी बन्दै गएको दैनीकिलाई सहज बनाउने प्रयासमा जुटेका छन् ।
अझ बिरामिहरु बिचल्लीमा परेका छन् भने मृत्युभएपछि अन्तिम संस्कार समेत सहज रुपमा गर्न पाएका छैनन् । यस्ते घटना घट्यो, काठमाडौंमा बसोबास गर्दै आएको एक झापाली परिवारलाई । मंगलवार काठमाडौ डेरामा बस्दै गरेको झापा निबासी भीष्म कार्कीको बुबाको मृत्यु भयो । अन्तिम सस्कार गर्न र घर लैजान नै नसक्ने अवस्थामा रहेका कार्की परिवारलाई सांसद श्रेष्ठको पहलमा आर्थिक संकलन गरि २५ हजार भाडा तिरेर ट्याक्सिमा झापा पठाईएको छिमेकी सुधा न्यौपानेले बताईन् ।
सांसद श्रेष्ठ आफै उपस्थित भएर आर्थिक सहयोग गरेपछि छिमेृकीले पनि स्वस्फुर्त सहयोग गरेका थिए ।

सांसद श्रेष्ठ भन्छन्, ‘अहिले त खान मात्र समस्या भएको छैन, मृत्यु भएपछि काजकृया गर्न समेत नपाउने अवस्था छ । ’ लकडाउनको मारमा सर्बसाधारण परेको भन्दै उनले यस्तो दुखमा परेका नागरिकलाई सरकारले प्रबन्ध मिलाउनुपर्ने बताए ।

यसअघि आज बुधवार पनि काठमाडौं १ नं क्षेत्रमा कार्यरत १०० ग्रुप भन्ने सामाजिक संस्थालाई राहत बितरणका लागि सांसद श्रेष्ठ र तरुण दल अध्यक्ष दिलीप थापाले जम्मा २० हजार सहयोग गरेका छन् । उक्त सस्थाले आजै बानेश्वर ,लाखेचौरमार्गमा राहत वितरण गरेको थियो ।

यसअघि वडा नम्बर १० को वडा कार्यलयमा राहत वितरण गरिएको थियो । वडाध्यक्ष रामकुमार केसीको अगुवाईमा राहत वितरण गरिएको श्रेष्ठले बताए । सो वितरण कार्यक्रममा संघिय सांसद प्रकाशमान सिहको समेत सहभागिता थियो ।

काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित सांसद श्रेष्ठ अहिलेपनि दिनभरी आफ्नो क्षेत्रका नागरिकसँग छलफल तथा समस्या र गुनासो सम्बोधनमा खटिएका छन् । आफ्नो क्षेत्रभित्र रहेका अस्पताको अनुगमन देखि खानेपानी, ढललगायत स्थानीय जनताका समस्याहरु सुनेर समाधानका लागि व्याक्तिगत देखि सरोकारवाला निकायसँगको छलफलमा समाधानको काममा सक्रिय छन् । उनले समस्या परेकाहरुलाई आफुलाई सम्पर्क गर्न आग्रह गर्दै अप्ठ्यारो अवस्थामा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
यूवा भएकै कारण पनि उनको सक्रियता प्रशंसनीय रहेको भन्दै राहत वितरण कार्यक्रममा सहभागीहरुले सबै जनप्रतिनिधीले यसरीनै काम गरे नागरिकलाई सहज हुने बताए ।
