कोरोना रोकथामका लागि पूर्वराजाद्वारा दुई करोड सहयोगको घोषणा

कोरोना रोकथामका लागि पूर्वराजाद्वारा दुई करोड सहयोगको घोषणा

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चैत्र १८ काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन बाध्यात्मक अनिवार्यता भएकाले यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । कोभिड–१९ का सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै उहाँले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सम्यता र विकासलाई नै गम्भीर चुनौती दिएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजा शाहले भन्नुभएको छ, “आमनेपालीले यस दुःखको घडीमा अभाव र समस्या सहेर पनि यसविरुद्ध लड्न जुन अनुशान र धैर्यता दर्शाउनुभएको छ, त्यसको हामी उच्च सराहना गर्छौं ।” राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउनत सरकारी र गैरसरकारी सबै पक्षबाट समन्वयकारी ढङ्गबाट मानवीय सेवामा सहयोगमा भइरहेको कामको प्रशंसा गर्दै उहाँले यसलाई अझै प्रभावकारी तुल्याउन अनुरोध गर्नुभएको छ । पूर्वराजा शाहले आफ्नोतर्फबाट हिमानी कोषलाई रु दुई करोडमार्फत नेपाल सरकारको ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा उपलब्ध हुने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ