क्वारेन्टाईनमा राख्न खोज्दा आत्महत्या गर्न खोजे डोल्पाका तीन महिलाले

क्वारेन्टाईनमा राख्न खोज्दा आत्महत्या गर्न खोजे डोल्पाका तीन महिलाले

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

डोल्पा चैत्र १८ । डोल्पामा कोरोनाको त्रासमा क्वारेन्टाईनमा राख्न खोज्दा नमानी तीन महिलाले बरु आत्महत्या गर्न प्रयास गरेका छन् ।

नेपालगन्जबाट शनिबार १३ जनाको टोली डोल्पाको दुनै सदरमुकाममा पुग्यो। जसमा तीनजना से-फोक्सुण्डो गाउँपालिका र बाँकी डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय हुन्। डोल्पोबुद्ध गाउँपालिकाले नागरिकलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेपछि बाँकी से-फोक्सुण्डो गाउँपालिका ५ की ङाचोक गुरुङसँगै तीन महिलालाई दुनैस्थित क्वारेन्टाइनमा राख्ने निधो गरियो। तर उनीहरुले क्वारेन्टाइनमा बस्न मानेका थिएनन्।

अन्ततः जबर्जस्त क्वारेन्टाइनमा राख्न खोज्दा उनीहरु रोइकराइ गर्दै आत्महत्याको प्रयास गर्न थाले। नेपाली भाषासमेत राम्रोसँग नबुझ्ने तीनैजना महिला आफूलाई कोरोना नलागेको भन्दै घर जान पाउनुपर्ने दाबी गर्न थालेपछि क्वारेन्टाइनमै राख्ने निधो गरियो। तर आफूलाई क्वारेन्टाइनमै राख्न खोजेपछि ङाचोक गुरुङले नदीमा हाम फालेर आत्महत्या गर्ने प्रयास गरिन्। आफूसँगै आएका साथी सबै घर गए तर हामीलाई मात्र किन रोकियो ? भन्दै उनले भेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन्।

उनीहरुलाई सम्झाउँदै फकाउन थालेपछि रोइकराइ गर्न छोडेका थिए। हाल उनीहरु जस्तै क्वारेन्टाइनमा बसेका यहाँका अधिकांश स्थानीयलाई क्वारेन्टाइन स्वास्थ्यका लागि नभइ जेल हो भन्ने सोचाइ छ।

क्वारेन्टाइनमा राख्दा उनीहरु आफुलाई जर्बजस्ती जेटमा हाल्न खाजेको महसुश गर्छन्। माथिल्लो डोल्पाका नागरिकले क्वारेन्टाइनलाई जेल भन्ने ठान्छन्। कोरोनाको बिषयमा नबुझ्दा यहाँका नागरिकलाई क्वारेन्टाइनमा बस्नुभन्दा अन्य कुनै सजाय दिए हुन्थ्यो जस्तो लागेको छ।

जनचेतनाको अभावका कारण यस्तो समस्या आएको हुन सक्ने स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।

-अन्नपूर्णबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ