काठमाडौं चैत्र १७ । लकडाउन उल्लंघन गर्नेमाथि आजबाट थप कडा गर्दै प्रहरीले सयौलाई पक्राउ गरेको छ ।
अत्यावश्यक काम बाहेक बाहिर निस्कने र हिंडडुल गर्नेलाई पक्राउ गरी सोही ठाउँमै तीन घण्टा उभ्याएर कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ । विहानै ७ सय ४० भन्दा बढी कार्बाहीमा परिसकेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँमा पक्राउ परेका छन् सोही ठाउँमा दुई घण्टा होल्ड गरिदै आईएको थियो ।
तर आजबाट भने थप एकघण्टा बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दूरी कायम गरेर मात्रै सडक छेउमै राखिन थालिएको छ ।
अत्यावश्यक कामबिना सडकमा निस्किएकाहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिइरहेको छ ।
आज बिहान मात्र काठमाडौं, ललितपुर र भक्तपुरबाट लकडाउन उल्लंघन गर्ने ७ सय ४० जना पक्राउ परेका छन् ।