पालमा मन्त्रिपरिषद् बैठकः स्थानीय तहमा सहयोग गरिने

पालमा मन्त्रिपरिषद् बैठकः स्थानीय तहमा सहयोग गरिने

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कोभिड १९ का कारण वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक आज पालमा बसेको छ । सभाकक्षमा बैठक बस्दा भौतिक दूरी कायम गर्न समस्या पर्ने भएकाले पालमै बैठक बसेको जनाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेल निवास चौकीटोल हाइटमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्यविधि २०७६ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट बैठकबाट कार्यविधि पारित भएसंँगै स्थानीय विपद् व्यवस्थापन समितिलाई सहयोग गर्ने बाटोसमेत खुलेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो ।
आजै बसेको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तथा जिल्लागत रुपमा बनेका विपद् व्यवस्थापन समितिलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले महानगरका समितिलाई रु २० लाख, उपमहानगरलाई रु १५ लाख, नगरलाई रु १२ लाख र गाउँपालिकालाई रु १० लाख दिने निर्णय गरेको छ । जिल्ला समन्वय समितिमा बनेको समितिलाई रु पाँच लाख दिने निर्णय पनि भएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेशन तथा क्वारेन्टाइन निर्माण, चिकित्सा सामग्री खरीद, विपन्न परिवारलाई राहतका लागि प्रयोग गर्न सकिने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ