चैत्र १६ काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले कोरोनाको जोखिम बढेका बेला भुक्तानी दावी अर्थात म्याचुरीटी क्लेम र क्लेम ईन्टीमेसन समेत अनलाईमार्फत गर्न सकिने व्यवस्था गरेको छ । यस अघि बीमा शुल्क भुक्तानी अनलाईन मार्फत गर्न सकिने यस अघि नै कम्पनीले शुरु गरेको थियो ।
कम्पनीले दिएको जानकारी अनुसार म्याचुरीटी क्लेम अन्तर्गत बीमीतहरुले बीमा लेख परिपक्व हुने समयावधिको जानकारी पाउन सक्नेछन् । भने त्यसै अन्तर्गत आफ्नो भुक्तानी दावी अगाडी बढाउन सक्ने छन् ।
त्यसैगरी क्लेम इन्टिमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् । यस लिंकमा गएर सेवाग्राहीले जानकारी लिन र सुविधा प्राप्त गर्न सक्नेछन् । https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx
नेपाल लाइफले आफ्ना सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आप्mनो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत आप्mना बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आप्mना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आप्mना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा ख्ष्चतगब िइााष्अभ को रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेको कम्पनीले जनाएको छ । अत्यावस्यक जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) लाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।