नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा पचास लाख सहयोग

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा पचास लाख सहयोग

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासङ्घले रु ५० लाख सहयोग उपलब्ध गराएको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले रु ५० लाख नगद र करिब रु ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधीजन्य सामग्री उपलब्ध गराएको छ । खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ ।

महासङ्घले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासङ्घका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिनुभयो । अध्यक्ष राणासहितको टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकम उपलब्ध गराएको हो । सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारकालगायत उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ