एजेन्सी चैत्र १७ । भारतमा कोरोनाको कहरका कारण २१ दिन लकडाउन शुरु भए पछि मजदुरहरु सबै भन्दा बढी मारमा परेका छन् । उनीहरु दिल्लीमा कोरोनाले भन्दा पनि भोकले मर्ने डरले सयौं किलोमिटर हिडेर जान थालेका छन् ।
यसरी चिन्तित भएर घर हिडेका दिल्लीको एउटा होटलमा होम डेलिभरीको काम गर्ने रणवीर नामका व्यक्ति आफ्ना तीन छोरा छोरी सहित मध्य प्रदेश हिडेका थिए तर घर नपुगी उनको बाटोमै मृत्यु भएको टाईम्स अफ् ईन्डियाले जनाएको छ ।
यसरी लाखौं मानिसहरु दिल्लीमा भोकको पीरले आ आफ्नो घर फर्किरहेका छन् । पैदल हिड्दा हिड्दै नेस्नल हाईवेमा बेहोस् भए पछि उनको मृत्यु भएको हो । उनको मृत्यु पछि बाल बच्चा र श्रीमतिको बिचल्लि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline