कोरोना अस्पताल बुटवलको आइसोलेसनमा रहेका एक जनाको मृत्यु, कोरोना संक्रमण भए–नभएको पुष्टि हुन बाँकी

कोरोना अस्पताल बुटवलको आइसोलेसनमा रहेका एक जनाको मृत्यु, कोरोना संक्रमण भए–नभएको पुष्टि हुन बाँकी

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत्र १६, बुटवल ।
बुटवलमा रहेको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे उपचारकै क्रममा ३४ बर्षिय ती युवाको मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले जानकारी दिए ।
तर कोरोना वा अन्य कारणले भन्ने पुष्टि नभएको उनले बताएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो। उनका अनुसार ती व्यक्ति दुबईबाट चैत १० गते नेपाल आएका थिए।
उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ। डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरेपनि सुरक्षा अभावमा लैजान सकेको थिएन।
स्वास फेर्न गाह्रो भएपछि परिवारले १३ गते अस्पताल ल्याएको डा. खनालले बताए। अस्पतालमा १० गते आएको बताए पनि छिमेकीले भने चैत ६ गते नै दुबईबाट आएको दाबी गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ