वडाध्यक्ष चक्रबहादुर सिंहमाथि कुटपिट, उपचारका लागि नेपालगञ्ज लैजाने तयारी

वडाध्यक्ष चक्रबहादुर सिंहमाथि कुटपिट, उपचारका लागि नेपालगञ्ज लैजाने तयारी

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

जाजरकोट, १६ चैत ।

जाजरकोटको छेडागाड नगरपालिका ११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि कुटपिट भएकाे छ । शनिबार बेलुका गाउँ नजिकैबाट घर फर्कने क्रममा मुखमा पट्टी लगाएका ४/५ जनाको समूहले मरनासन्न हुने गरीउनलाइ कुटपिट गरेकेा नगरप्रमुख लालबहादुर महताराले बताए ।

कुटपिट गर्दा उनको दुवै खुट्टा र एउटा हात भाँचिएको छ । घटनाबारे अहिलेसम्म केही खुल्न नसकेको नगरप्रमुख महताराले बताए । उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

भारतलगायतका मुलुकबाट भर्खर गाउँ पुगेका मानिसलाई होम क्वारेन्टाइनमा राख्न र आवश्यक तथ्यांक संकलनमा जुटेका अध्यक्ष सिंहमाथि आक्रमण भएको हो । अध्यक्ष सिंहको स्वास्थ्यलाभको कामना गदै नगरप्रमुख महताराले दोषी पत्ता लगाई आवश्यक कारबाही गर्न माग गरेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  कुटपिट गर्ने समुह पत्ता लगाई आवश्यक कारबाही गर्न इलाका प्रहरी कार्यालय बडावनबाट एक टोली खटाइ सकिएको जिल्ला प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ