आज मन्त्रीपरिषद्को बैठक बस्दै, कोरोना भाइरस प्रभावितका लागि विशेष राहत घोषणा गर्ने तयारी

आज मन्त्रीपरिषद्को बैठक बस्दै, कोरोना भाइरस प्रभावितका लागि विशेष राहत घोषणा गर्ने तयारी

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १६ चैत । आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैटकले कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने स्रोतले जनाएको छ ।
मन्त्रीपरिषदको बैठक बस्नुअघि अपरान्ह १ बजे नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्नेछ ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो ।
समन्वय समितिको बैठकले राहतका सबै कार्यक्रमहरू तय गर्नेछ । त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकले छलफलबाट राहत कार्यक्रमको निर्णय गर्ने जानकारी उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।
राहतका लागि मन्त्रीपरिषद् बैठकले नै निर्णय गर्नुपर्ने भएकाले मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ