कोरोना सम्बन्धि श्वास्थ्य सामाग्री खरीद मंहगो मुल्यमा गरेर भ्रष्टाचार भएको आरोप, श्वास्थ्य मन्त्रालयद्धारा अस्वीकार

कोरोना सम्बन्धि श्वास्थ्य सामाग्री खरीद मंहगो मुल्यमा गरेर भ्रष्टाचार भएको आरोप, श्वास्थ्य मन्त्रालयद्धारा अस्वीकार

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरसको महामारीसँग लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु चीनबाट आयत गर्दैछ । नेपाली व्यवसायीले जम्मा गरेको स्वास्थ्य उपकरण लिनका लागि नेपाल एयरलाइन्सको जहाज शनिबार दिउँसो चीनको ग्वान्झाओका लागि प्रस्थान गरिसकेको गरेको थियो ।

नेपालमा कोरोनाभाइरसको परीक्षण र उपचारका लागि आवश्यक स्वास्थ्य उपकरणहरुको अभाव देखिएपछि सरकारले फास्ट ट्रयाकमा सामग्रीहरु भित्र्याउन लागेको हो । तर, सामग्रीहरु नेपाल आइपुग्न अघि नै सरकारको निर्णय विवादमा तानिएको छ । बजार मूल्यभन्दा बढीमा सामग्रीहरु भित्र्याउन लागेको र कमिसनको खेल भएको भन्दै समाचारहरु प्रकाशित भएका छन् ।

अहिले सामाजित्र सञ्जालहरुमा अन्तराष्ट्रिय बजार मुल्य भन्दा बढीमा , सत्तारुढ नेकपाका नेता निकटका सप्लायरसगँ मिलेर, हवाई भाडा देखि सामाग्रीमा समेत ठूलो कमिसन खाएको भनेर आलोचना भईरहे पछि मन्त्रालयले विज्ञप्ति नै निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने त्यस्ता समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।

कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न औषधी, प्रयोगशाला सामाग्री र पीपीई लगायत समानहरु खरिद गर्न स्वास्थ्य सेवा विभागबाट स्वदेश भित्रैका उत्पादक र वितरकलाई सार्वजनिक सूचना प्रकाशित गरी पटक पटक टेन्डर आह्वान गर्दा समेत कुनै पनि उत्पादक, वितरणबाट टेन्डर पेश नभएकाले विभागले पुनः उत्पादक र वितरकहरुसँग सामूहिक रुपमा सर्वाजनिक संवाद गरेर छितो र छरितो रुपमा सामाग्री ल्याउने सम्झौता गरेर ती सामानहरु नेपाली आउने क्रममा रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

‘यस विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमहरुले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेकोमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालले एक करोड तीन लाख डलर बराबरको स्वास्थ्य सामाग्री चीनबाट आयात गर्दैछ । जसमा पीपीई, गगल्स, सर्जिकल मास्क, एन९५ मास्क, फेस सिल्ड, इन्फ्रारेड थर्मोमिटर, कोभिड–१९ को परीक्षण किट लगायत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ