विराटनगर, चैत्र १५ । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थपप्रभावकारी बनाउनविभिन्न समितिहरु गठन गरिएको छ ।
शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीयतह सम्पर्क, समन्वय, प्रचार प्रसार तथाजनचेतना समिति गठन गरिएको छ ।
आन्तरिक मामिलातथाकानुनमन्त्रीहिक्मतकुमार कार्कीको संयोजकत्वमाक्वारेन्टाइन, परिबहनव्यवस्थातथा सुरक्षाव्यवस्थापन समिति , सामाजिकविकास मन्त्रीजीवन घिमिरेको संयोजकत्वमाआइसोलेशनतथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालनतथाव्यवस्थापन समिति , उद्योग, पर्यटन, वनतथावातावरण मन्त्रीजगदिश प्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरुमा सम्बन्धितनिकायकाप्रतिनिधि सदस्य रहेका छन् ।
बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथाकर्मचारीहरुलाई अतिरिक्त सुविधाप्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।
यसैबीचमुख्यमन्त्री शेरधन राईको अध्यक्षमाआजै बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।