प्रदेश १ मा २० जनाको कोरोना रिपोर्ट नेगेटिभ, ५ जनाकाे आउन बाँकी

प्रदेश १ मा २० जनाको कोरोना रिपोर्ट नेगेटिभ, ५ जनाकाे आउन बाँकी

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विराटनगर,  १५ चैत । प्रदेश १ मा कोरोना भाईरसको आशंका गरिएका २० जनाकाे रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाइ विभिन्न अस्पतालको आइसोलेसनमा राखिएकाे छ ।

आइसोलेसनमा उपचाररत शंकास्पद २५ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियाे ।  परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएका मध्ये ५ जनाको रिपोर्ट आउन बाँकी रहेकेा प्रदेश सरकारले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि ५ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ भने १५ जनाको आइसोलेसनमै उपचार भइरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल, गाईघाटवाट १, कोशी अस्पताल विराटनगरबाट ६, र मेची अस्पताल भद्रपुरबाट २ गरि २५ जनाको नमूना संकलन गरी टेकुमा परीक्षणको लागि पठाइएको थियो ।

उनीहरुमध्ये २० जनाको नतिजा नेगेटिभ आएको र ५ जनाको नतिजा आउने क्रममा रहेको उहाँले बताउनुभयो । प्रदेश १ मा कोरोनाको जोखिममा रहेका शंकास्पद व्यक्तिहरुलाई राख्न १०९ स्थानमा १८४८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।

ती क्वरेन्टीनमा अहिले २८७ पुरुष र ४१ महिला गरी ३२८ जनालाई राखिएको छ । यस्तै २२ महिला र ५६ पुरुष गरी ७८ जनालाई होम क्वरेन्टीनमा बस्नेगरी पठाएको छ । प्रदेशमा २८७ पुरुष र ८२ महिला गरी ३६९ जना होम क्वरेन्टीनमा रहेका छन् । प्रदेशका ३९ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न २५६ बेडको आइसोलेसन तयार गरिएको छ ।

प्रदेश सरकारले थप ८ सय बेड आइसोलेशन बनाउन विभिन्न ६ अस्पताललाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ