सरकारलाई कांग्रेसले दियाे १७ सुझाव, स्वास्थ्यकर्मीलाई सबैको साथ र सहयोग जरुरी

सरकारलाई कांग्रेसले दियाे १७ सुझाव, स्वास्थ्यकर्मीलाई सबैको साथ र सहयोग जरुरी

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १४ चैत । नेपाली काँग्रेस संसदीय दलले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराई सबैको साथ र सहयोग जरुरी रहेको उल्लेख गरेको छ । संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आज सरकारलाई ज्ञापन पत्रमार्फत आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न माग गर्नुभएको छ ।

कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक रहेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ । आम नागरिकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाणले कोरोना महामारी फैलन नदिन लागु गरिएको लकडाउनलाई सफल बनाउन खटिएका सुरक्षाकर्मीलाई पनि गुणस्तरीय माक्स र सुरक्षा उपकरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

यसमा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरूलाई समन्वयात्मक रूपमा अझै गतिशिल रूपमा परिचालन गर्न आवश्यक रहेको तथा सातै प्रदेशमा कोरोना भाइरस परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गनुपर्ने संसदीय दलको माग छ । यसैगरी सामाजिक र निजी सङ्घ÷संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रूपमा लिई सरकारले प्रोत्साहन गर्न र सहयोग पु¥याउनु आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदूरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक सङ्घसंस्था तथा राजनैतिकर्मीले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भएको संसदीय दलको भनाइ छ । विश्वभर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको लागि कूटनीतिक निकायले सक्रियता बढाउनुपर्ने, लकडाउनका समयमा नेपालभर दीर्घ रोगी तथा नियमित रूपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामी तथा अन्य रोगका किरामीलाई उपाचारको आवश्यक प्रबन्ध गर्न आवश्यक रहेको र दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहर व्यवस्थापन गर्न ध्यान पु¥याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । प्रमुख सचेतक खाणले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई पूर्ण साथ एवं सहयोग रहेको बताउँदै सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउनुभएको छ ।

के–के छन् कांग्रेसका सुझाव?

  • विश्वमा फैलिएको कोरोना महामारी मानव सभ्यताका लागि शताब्दीकै ठूलो चुनौतीका रूपमा आइरहेको छ। यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ।
  • आम नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्यता अपनाउनु आवश्यक छ। कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ।
  • यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो। यो ज्यादै जोखिमपूर्ण रहेको छ।
  • नेपाल सरकारले कोरोना नियन्त्रणसम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब आयात गर्न अत्यावश्यक छ।
  • कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो। लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकको दात्यिव हो। सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ।
  • यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरूलाई समन्वयात्मक रूपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ।
  • सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ। यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ।
  • कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ/संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्री व्यवस्थाका लागि गरिरहेको पहललाई सकारात्मक रूपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न र सहयोग पुर्‍याउन आवश्यक छ।
  • लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्न व्यवस्था गर्न स्थानीय निकाय, व्यावसायिक र सामाजिक संघसंस्था तथा राजनीतिकर्मीहरूले समन्वय गरी गतिशील भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ।
  • छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राका क्रममा भारतमा बिचल्ली परेका नेपालीको उद्धार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ।
  • संसारभरि छरिएर रहेका नेपालीको स्वास्थ्य र सुरक्षाका लागि हाम्रा कूटनीतिक निकायहरूले सक्रियता बढाउनु आवश्यक छ।
  • यो महामारी नियन्त्रण गर्न रातदिन खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी धन्यवादका पात्र छन्। उनीहरूको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो प्राथमिकता दिनुपर्छ। अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ।
  • कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ।
  • कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपालभरि नै लकडाउन गरिरहेका बेला दीर्घरोगी तथा नियमित रूपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका बिरामी तथा अन्य रोगका बिरामीलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ।
  • दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममै ध्यान पुर्‍याउनु जरुरी छ।
  • नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रणसम्बन्धी कार्य भोलि होइन, आजै गर्न जरुरी छ। सबै नेपाली जनताले सजगता, धैर्यता र संयमता अपनाउन जरुरी छ।
  • विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्न ध्यानाकर्षण गराउँछौं।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ