अलपत्र परेकाको उद्धार भइरहेको छ: गृह मन्त्रालय

अलपत्र परेकाको उद्धार भइरहेको छ: गृह मन्त्रालय

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, १४ चैत । विभिन्न क्षेत्रमा अलपत्र परेका व्यक्तिहरूको उद्धार गरी गन्तव्यमा पठाउने कार्य तीब्ररूपमा अघि बढेको गृह मन्त्रालयले जनाएको छ । मुलुकका विभिन्न स्थानमा अलपत्र परेको स्वदेशी र विदेशी नागरिकलाई हवाई वा स्थल सवारीसाधनबाट उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

मुस्ताङ, कास्की, सोलुखुम्बुलगायतका विभिन्न जिल्लाबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समन्वयमा हवाई तथा स्थल सवारीसाधनमार्फत बिहीबारदेखि नै उद्धार गरी काठमाडौँ ल्याइएका ३०७ जना विदेशी पर्यटकलाई जर्मनी दूतावासले व्यवस्थापन गरेको कतार एयरवेजको विमानमार्फत आजै पठाइएको छ ।

विभिन्न निर्माणसम्बन्धी कार्यहरू रोकिएको कारण कामदारको रूपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकलाई आआफ्नो गृह जिल्लासम्म उद्धार गरी पु¥याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा हालसम्म रूपन्देही, बाँके, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, दैलेख, तेह्रथुम लगायतका जिल्लाबाट उद्धार भइसकेको छ भने अन्य जिल्लामा त्यस्ता अलपत्र परेका नागरिकहरू भए उद्धार गर्ने कार्यमा समन्वय गर्न निर्देशन दिइएको छ । फोहरमैला व्यवस्थापन गर्ने कार्य आवश्यक सेवाअन्तर्गत पर्ने भएकाले काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्ने स्थल नुवाकोट जिल्लाको ओखरपौवामा केही समस्या देखिएको सन्दर्भमा काठमाडौँ महानगरपालिकाका प्रमुखसमेतको उपस्थितिमा आज छलफल भएको जनाइएको छ ।

उक्त समस्या समाधानको लागि महानगरपालिकाले स्थानीय तहसँग आवश्यक समन्वय गरी बाधा अवरोध हटाउने र फोहरमैला विसर्जन गर्ने कार्यलाई नियमित गराउनका लागि स्थानीय प्रशासन र सुरक्षा निकाय आवश्यकताअनुसार परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच आजै सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बसी मालबाहक सवारीसाधनको आवागमनका विषयमा देखिएको द्विविधा अन्त्य गर्न, औषधि, खाद्यवस्तु, पानी, दुध, फलफूल, तरकारी, पशुपक्षी र माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारीसाधनलाई सुचारु गर्ने विषयमा आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यस्ता सवारीसाधनले यात्रु ओसारपसार गर्न नपाउने गरी कार्यान्वयन गर्न स्थानीयस्तरमा खटिएका सुरक्षाकर्मीलाई दैनिक रूपमा जानकारी गराउन भनिएको छ । कुनै गुनासो, सल्लाह एवं सुझावहरू भए टोलफ्रि नम्बर ११४९ मा सम्पर्क गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ