लकडाउनमा प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने, विराटनगरबाट ९५ सवारी नियन्त्रणमा

लकडाउनमा प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने, विराटनगरबाट ९५ सवारी नियन्त्रणमा

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

विराटनगर, १४ चैत । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गर्नुभएको छ । अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिनुभयो । “लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ”, प्रमुख साहले बताउनुभयो ।

बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ ।

लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७.१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७.१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताउनुभयो ।
यसैबीच विराटनगरमा लकडाउन उल्लङघनका घटनामा कमि आएको छ । आज विराटनगरका बिभिन्न स्थानबाट ९८ वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनको उल्लङघन गरि चलाईएका अटो, ट्याक्टर, जिप, मोटरसाईकल, स्कुटर र साइकल लगायतका सवारी ९८ र १५ जना लाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यसअघि चैत १२ गते ९७४सवारी र मानिस २०९, १३ गते २१३ सवारी र ५० जना लाई नियन्त्रणमा लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ