२० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्‍त्री ओली डिस्चार्ज

२० घण्टाको अस्पताल बसाइपछि प्रधानमन्‍त्री ओली डिस्चार्ज

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडाैं, १४ चैत । प्रधानमन्‍त्री केपी शर्मा ओली करिब २० घण्टाको अस्पताल बसाइपछि शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुको धड्कनमा गडबडी आएपछि प्रधानमन्‍त्री ओली बिहीबार राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

डा. अरुण सायमिले प्रधानमन्‍त्रीको स्वास्थ्य सबै ठीक भएकोले डिस्चार्ज गरिएको बताए । अस्पतालबाट डिस्चार्जपश्चात् प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार पुगेका छन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ‌ओलीज्यू मनमोहन सेन्टर महाराजगन्जमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ’, प्रेस सल्लाहकार सूर्य थापाले जारी विज्ञप्तिमा लेखिएको छ, ‘उहाँ बिहीबार राति ११:३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ ।’

प्रधानमन्‍त्री ओलीको २४ दिनअघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । यही फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फागुन ३० गते अस्पतालबाट डिस्चार्ज भएका थिए । हाल ओली चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै आराम गरिरहेका थिए ।

यसअघि प्रधानमन्त्रीले  पहिलाेपटक भारतको अपोलो अस्पतालमा २०६४ सालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। बीचमा स्वास्थ्यमा समस्या देखिएपछि गत भदौमा स्वास्थ्य उपचारका लागि ओली सिंगापुर पुगेका थिए। उनको त्यहाँ ‘प्लाज्माफेरेसिस’ गरिएको थियो। सिंगापुरको १५ दिन बसाइपछि स्वेदश फर्केका ओली पछिल्लो समय नियमित डायलासिस गराउँदै आएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ