काठमाडौं, १४ चैत । नेपालमा शुक्रबार थप एक जनामा काेरेाना संक्रमण भएकाे पुष्टि भएकाे छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिँदै देवकोटाले थप एक नेपालीमा संक्रमण भएको पुष्टि भएको बताएका हुन्। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। याे सँगै संक्रमितकाे सङ्ख्या ४ पुगेकाे छ । भने उपत्यकाबाहिर पनि संक्रमण देखिएकाे छ ।
अहिलेसम्म आठ सय २ जनामा कोरोना परीक्षण गरिएकाे थियाे । माघ ९ गते पहिलो पटक नेपालमा कोरोना पुष्टि भएका पुरुष भने उपचारपछि स्वस्थ भएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको देवकोटाले बताए। काठमाडौं बाहिर प्रदेश ७ को धनगढीमासमेत कोरोना संक्रमित भेटिएपछि यसको संक्रमण देशभर हुनसक्ने उनको भनाइ छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणको आशंकमा काठमाडौंका तीन अस्पतालमा १३ जनाको उपचार भइरहेको छ। कान्ति बाल अस्पतालमा ३, पाटन अस्पतालमा ६ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ गरेर १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार कान्तिबाट ६ र टेकु अस्पतालबाट पाँचजना गरी ११ जना डिस्चार्ज भएका छन्।कोराना पुष्टि भएका दुई जनाको अझै पनि टेकु अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ। उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ।
https://www.facebook.com/mohpnep/videos/2421353964842404/?t=2