७२ बर्षको ईतिहासमा पहिलो पटक चीनले ८९ देशमा आफ्नो सहयोगी हात फिजाँयो एकै पटक !

७२ बर्षको ईतिहासमा पहिलो पटक चीनले ८९ देशमा आफ्नो सहयोगी हात फिजाँयो एकै पटक !

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 26.2K
    SHARES

एजेन्सी चैत्र १४ । चीनको भव्य व्यापारीक तथा पर्यटकीय केन्द्र वुहानमा नयाँ बर्षको रमझम शुरु हुनै लाग्दा मानिसहरु एक्कासित तितर वितर भए । कारण थियो नोवेल कोरोना भाईरसको संक्रमण । अचानक यस्तो महाविपत्त आए पछि चीनीयाहरु निराश भए । तर राष्ट्रपति सि जिन पिङले आफ्नै नेतृत्वमा नोवेल कोरोना विरुद्ध जनयुद्धको घोषणा गरे । देशभरबाट दशौं हजार स्वास्थ्यकर्मी र सैनिक स्वास्थ्य विभागका कर्मचारीलाई वुहानमा पठाईयो । पुरै लकडाउन गरेर , विशाल अस्पतालहरु निर्माण गरेर लामो प्रयत्न गरे पछि बिशाल भूगोल र जनसंख्या भएको चीनले वुहानमै केन्द्रीत कोरोनामाथि महत्वपूर्ण विजय प्राप्त गर्यो ।

यस अवधिमा चीनमा जम्मा ३२ सय ९१ जना जतिको मृत्यु भयो भने ८१ हजार संक्रमित थिए जस मध्य ७० प्रतिशत बढी निको भईसकेका छन् र अहिले कोरोना संक्रमितको संख्या वुहानमा देखा परेको छैन तर अरु शहरमा सानो मात्रामा आईरहेको छ । राष्ट्रपति सि आफैले वुहानको भ्रमण गरे पछि अब त्याहाँ लक डाउन खुल्ला भएको छ र वुहानमा जनताहरु लामो घरमै क्वारेन्टाईन पछि रमाईलो गर्न निस्कन शुरु गरेका छन् ।

शुरुमा चीनमा भाईरस फैलिदा नियन्त्रण गर्न नसकेको, लकडाउन गरेर प्रजातन्त्रको उलंघन गरेको, चीन सरकार असफल भएको मात्र हैन वुहान भाईरस, चीनीया भाईरस भनेर टिप्पणी गर्ने र मिडियाहरुमा स्वर्गीय नयाँ चीनका संस्थापक माओको मुखमा मास्क पहिर्याएर समाचार लेख्न सम्म भ्याए पश्चिमा प्रजातन्त्र पक्षधरहरुले । तर समयले कोल्टो फेर्यो । यो भाईरसको कुनै सिमाना थिएन । यसले संसारको ठूलो हिस्सालाई गाँजेको छ । चीनको सबै भन्दा बिरोध गर्ने अमेरीका विश्वको शक्तिशाली र धनी हु भन्दा भन्दै पनि अहिले करीब एक लाख नजिक आफ्ना नागरिकहरु कोरोना संक्रमित भए पछि चीनबाट मेडिकल उपकरण खरीद गर्ने र सहयोग लिनु पर्ने दवावको सामना गर्न बाध्य छ ।
उसले चीनसगँ सहकार्यमा पुनः जोड दिएको छ ट्रम्प र सिजिन पिगंको टेलिफोन वार्ता पछि ।

अहिले ईटाली, स्पेन, बेलायत, ईरान, लगायत ८९ वटा कोरोना संक्रमित देशमा चीनले आफ्नो सहयोगी हात फिजाएको छ । भनिदैछ कि सन् १९४९ अक्टोबरमा माओले नयाँ चीन निर्माण गरेर विकसित भएको ७२ बर्षको ईतिहासमा पहिलो पटक यति ठूलो मात्रामा विदेशमा सहयोग निर्यात भएको हो ।
चाइना ईन्टरनेस्नल डेभलपमेन्ट कुअपरेसन एजेन्सी ( सिआईडिसीए ) मार्फत एशियाका २८ देश, युरोपका १६ देश ,अफ्रीकाको २६, अमेरीकी महादेशका १० र दक्षीणी प्रशान्त क्षेत्रका १० देशमा स्वास्थ्यकर्मी,श्वास्थ्य उपकरण, औषधी, मास्क लगायतका सहयोग पठाईएको सिसिटीभीले जनाएको छ । एजेन्सीका डेपुटी देगं बोछिगंले चीनले आफ्नो क्षमता अनुसार विश्वव्यापी महामारी रोक्ने अन्तराष्ट्रिय प्रयासलाई सार्थक बनाउन यो सहयोग पठाईएको बताए ।
साथै आवस्यक पर्ने अन्य राष्ट्रलाई समेत स्थिति हेरेर सहयोग पठाईने बताए । यस भाईरसलाई विश्वका सबै समुदाय एक जुट भएर लडेर पराजीत गर्नु पर्ने भएकाले अन्तराष्ट्रिय समन्वय र सहायता जरुरी रहेको र विश्वभरका जनतालाई चीनले सक्दो सहयोग पुर्याउने उनले बताए ।
अहिले ईटाली, ईरान लगायतका देशमा चीनीया श्वास्थ्यकर्मीहरु गंभीर विरामीहरुको उपचारमा संलग्न हुन थालिसकेका छन् । नेपालमा समेत केही दिनमै चीनीया सहयोग प्राप्त हुदैछ ।
यो संकटको घडीमा चीनको सहायताले उसको संभावित अन्तराष्ट्रिय नेतृत्व क्षमतालाई थप मद्धत पुर्याउने विज्ञहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ