आज ‘लकडाउन’को चौथो दिन, हिडडुलमा थप कडाई गरिदै

आज ‘लकडाउन’को चौथो दिन, हिडडुलमा थप कडाई गरिदै

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं चैत्र १४ । सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । आज पनि सडकहरु प्राय सुनसान रहेका छन् । कतिपय ठाँउमा लक डाउनको उलंघन भएको पाईए पछि आज अझ कडाई गर्ने गरी प्रहरी परिचालित बनेको छ ।
भित्री गल्लीहरुमा समेत प्रहरीले उपस्थिति र निगरानी बढाएको छ । कोरोना एक व्यक्तिबाट अरु थुप्रै व्यक्तिमा तीव्र गतिमा सर्न सक्ने भएका कारण पनि नेपाल, भारत लगायत युरोपमा लक डाउन गरिएको छ ।

सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।
लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालेको छ ।

अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ