एजेन्सी चैत्र १४ । धेरै मानिसहरु सोच्ने गर्दथे, अमेरीका यूरोप, चाईना सबै धनी छन्, समृद्ध छन्, हामी गरीब छौं , देश कमजोर छ । धनी देशको श्वास्थ्य, उपचार सुविधा सबै उत्कृष्ट हुदाँ हुदै पनि एउटा प्रकोप नियन्त्रणमा यति ठूलो कठिनाई भएको छ ।
तर तिनै धनी देशहरु जसलाई पछिल्लो नोवेल कोरोना भाईरस ( कोभिड–१९ ) ले ठूलो निशाना बनाएको देखिएको छ ।
एशियाको धनी देश चीनबाट फैलन शुरु गरेको कोरोनाले विश्वकै धनी देश अमेरीकामा सबै भन्दा बढी संक्रमण गरेको छ । आज सम्मको रिपोर्ट अनुसार विश्वमा सबै भन्दा बढी कोरोना संक्रमितको संख्या अमेरीकामा फैलिएको छ । सिएनएनको रिपोर्ट अनुसार ८२,४०० पुगेको छ अमेरीकामा संक्रमितको संख्या ।
चीनमा ८१ हजार बढी थियो संक्रमितको संख्या तर अहिले मत्थर भएको छ । त्यस पछि यूरोपका धनी देशहरु ईटाली र स्पेन अत्याधिक प्रभावित भईरहेका छन् । ईटालीले नियन्त्रण गुमाईसकेको छ कोरोनामाथि । उसले ८ हजार बढी मानिसको मृत्यु भईसकेको र ७० हजार माथि संक्रमितहरुको उपचारको सामना गरीरहेको छ र दिनहुँ संक्रमित थपिरहेका छन् र मृत्यु दर पनि ।
त्यस पछि स्पेन उत्तिकै संकटमा गएको छ ४ हजार बढी नागरिकको मृत्यु र दशौं हजार संक्रमितको उपचारको सामना गर्न कठिन परेर उसले नेटोलाई सहयोगको अपील गरेको छ भने चीनबाट मास्क र पञ्जा समेत किनेर ल्याउने तयारी गरीरहेको छ । यस्तै फ्रान्स, जर्मनी, बेलायत लगायतका देश पनि संक्रमको शिकार बनेका छन् ।
एशियामा अन्य धनी देशहरु कोरीया, जापान , भारत पनि संक्रमण र मृत्युदर बढेर चिन्तित छन् । भारले तीन साता लामो लक डाउन गर्नुका बाबजुद संक्रमितको संख्या ७ सय नाघेको छ भने मृतकको सख्या १९ पुगेको छ ।
गरीब भनिएको नेपाल, उत्तर कोरीया र अन्य साना र गरीब देशहरुमा यसको जोखिम उच्च देखिए पनि अहिले सम्म कोरोना आक्रमण भयानक र महामारीको रुपमा आएको छैन ।
एउटा तथ्यांक अनुसार विश्वका धनी देशहरुको समुह जी २० सदस्य देशहरुमा विश्वभर फैलिएको कोरोना संक्रमितको ९० प्रतिशत हिस्सा रहेको छ भने मृत्यु हुनेको हिस्सा ८८ प्रतिशत रहेको देखिएको छ ।
जी २० देश भित्र अमेरीका, चीन,रूस भारत, बेलायत अर्जेंटीना, ऑस्ट्रेलिया, ब्राजील, क्यानडा,जर्मनी, फ्रांस, इंडोनेशिया, इटली, जापान, मेक्सिको, , सऊदी अरब, दक्षिण अफ्रीका, दक्षिण कोरिया,र टर्की रहेको छ ।
तीनै धनी देशहरु,जसले भव्य व्यापारीक केन्द्र र शहरहरु बनाएका छन्, जसले ठूला अस्पताल र औषधी कम्पनीहरु बनाएका छन्, जसले विज्ञानको सबै भन्दा ठूलो आविष्कार केन्द्र र प्रविधिको खोज गरेका छन्, तीनै देशहरु कोरोना फैलिएको चार महिना सम्म पनि यसको उत्पत्ति र औषधी एवं खोप बनाउन सफल हुन सकेका छैनन् ।
भिडियो कन्फेरेन्स मार्फत भएको जी २० समिटमा समेत यो बिषयमा चर्चा चलेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो तथ्यांक प्रस्तुत गर्दै विश्वव्यापी रुपमा आर्थिक र सामाजिक संकट आउन सक्ने भएकाले विश्वव्यापीकरणको नयाँ अवधारणामाथि बिचार गर्नु पर्ने सुझाव दिएका छन् ।
यसै गरी चीनका राष्ट्रपति सि जिन पिगंले कोरोना भाईरस विरुद्ध लड्न सबै एक जुट हुनु पर्ने बताएका छन् ।
यस समिटको अध्यक्षता साउदी अरबले गरेको थियो भने अब दुई बर्ष पछि भारतले गर्ने सहमति भएको छ । यस समिटमा देशहरुले आ आफ्नो देशले कोरोना विरुद्ध गरीरहेको कामको व्याख्या गर्दै अब साझा रुपले यसको सामना गर्न मिलेर अघि बढ्ने सहमति पनि जनाएका थिए ।