लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन, कालोबजारी गरेको देखिए ११४९ मा फोन गर्नुहाेस्

लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन, कालोबजारी गरेको देखिए ११४९ मा फोन गर्नुहाेस्

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, १३ चैत  ।   
गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई निर्देशन दिँदै उहाँले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिनुभयो ।

तीन जना वरिष्ठ प्रहरी अधिकृत एआइजी भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री थापाले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्न समेत अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमानमा उत्पन्न भएको सङ्कटका बेला सुरक्षा निकायको भुमिका बढी छ, हाम्रो परिक्षाको घडी पनि हो, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, यो जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस् ।”

उहाँले जनतालाई नम्र भएर सरकारी आदेशको पालना गराउन, जनतालाई कुनै समस्या भए तत्काल समाधानको पहल गर्न, कालोबजारीको अनुगमन बढाउन समेत प्रहरीलाई निर्देशन दिनुभएको छ । यस्तै स्वास्थ्य संस्थाका गतिविधिमा निगरानी बढाउनसमेत उहाँले आग्रह गर्नुभयो । सो क्रममा गृहसचिव महेश्वर न्यौपानले पनि पदोन्नति हुनुभएका एआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कालाेबजारी भएकाे पाइए फाेन गर्नुस्

गृहमन्त्रालयले कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न अनुरोध गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले बिहीबार २४ घण्टा खुला रहने टोल फ्रि नम्बर उपलब्ध गराएको हो।

‘यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ घण्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ’, गृहमन्त्रालयले भनेको छ।

सँगै दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।

उपत्यकामा रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवम् विक्रेताले डेलीभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउने, डेलीभरी भ्यानलाई जिल्ला प्रशासन कार्यालयबाट सवारी पास उपलब्ध गराउने, पसल सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था महानगरीय प्रहरीले मिलाउनेलगायत निर्णय गरेको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ