एजेन्सी चैत १३ । भारतमा अहिलेकै रफ्तारमा कोरोना फैलिए आउने मे महिना सम्ममा १३ लाख मानिसमा संक्रमण हुन सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।
कोभ इन्ड १९ नामक संस्थाका अमेरिकी तथा भारतीय बैज्ञानिक हरुले अध्यन पछि एस्तो चेतावनी दिएका हुन् इटाली,अमेरिकी हरुको जस्तो पर्याप्त मात्रामा भारतमा परिक्षण नभएको र संक्रमितको संख्या एकिन नभएको उनीहरुको दाबी छ ।जोन हप्किन्स विश्व विध्यालयका शोधकर्ता देवाश्रीले भारतमा परिक्षण कम गरिएको बताए ।
भारतको स्वास्थ पुर्वाधार निकै कम रहेको र एक हजार मान्छे बराबर एक बेड एउटा बेड समेत अभाव रहेको रिपोर्टमा उल्लेख छ । जब कि दक्षिण कोरियामा यहि अनुपात ११ प्रतिशत भन्दा बढी छ भने फ्रान्समा छ प्रतिशत भन्दा बढी । भारतमा केवल ०.७ प्रतिशत छ ।
यसै गरि तीस करोड भारतीयमा हाइपर टेन्सनको समस्या रहेको र यो कोरोना संक्रमितका लागि बढी जोखिम हुने चेतावनी दिइएको छ ।