विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य नवीन र महिला संगठनकी महासचिव भृकुटी रिहा

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य नवीन र महिला संगठनकी महासचिव भृकुटी रिहा

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.8K
    SHARES

चैत्र १२ काठमाण्डौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नवीन विक ‘हितमान’ र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा आज रिहा भएका हुन् ।
सर्वोच्चमा परेको बन्दीप्रत्यक्षीकरणको छुट्टाछुट्टै रिट निवेदनमा आज भएके सुनुवाईपछि न्यायाधिस टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नेताद्धय हितमान र भृकुटीलाई रिहा गर्न आदेश दिएको हो । भृकुटीको हकमा सर्मिला उपाध्याय र नविनको हकमा एकता विश्वकर्माले विना कारण पटक पटक प्रहरीले गिरफ्तार गरि गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै रिहाईको माग सहित चैत ९ गते रिट निवेदन दायर गरेका थिए ।
सोहि रिट निवेदनमाथि भएको सुनुवाईपछि अदालतले फरक विचार र आस्था राखेकै आधारमा प्रवृत्त भावना लिई विना कारण र आधार विक र उपाध्यायलाई पटक पटक थुनामा राखेको देखिएकाले सर्वोच्च अदालतको नियमावली २०७४ को नियम३७(क) र (ख)का आधारमा निवेदकको थुना गैरकानुनी देखिएको रिहा गर्न आदेश दिईएको छ ।
निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु चिरिन्जीवि ढकाल, सन्तोष भण्डारी, खिमानन्द अधिकारी र लक्ष्मी(नानी)थापाले बहस गरेका थिए ।
नेता विकलाई गत असोज ७ गते र नेतृ भृकुटीलाई साउन १४ गते काठमाण्डौंबाट पक्राउ गरिएको थियो ।
पक्राउ पछि नख्खुको एनसेल कार्यलयमा बिष्फोट लगायतको मुद्धामा नख्खु कारागारमा राखिएका उनीहरु माघ १६ गते केन्द्रीय सदस्य माईला लामासगँै उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए ।
त्यस पछि अदालत परिसरबाटै पक्राउ गरी पुनः सुनसरीको धरान लगेर उनीहरुलाई हतियार तथा संगठित अपराध मुद्धा चलाईएको थियो । सुनसरी जिल्ला अदालतले फागुन ४ गते साधारण तारेखमा रिहा गरेको थियो । तर अदालत परिसरबाटै उनीहरुलाई कालिकोट पुर्याईएर बम विस्फोट सम्बन्धी मुद्धा लगाएको थियो ।
कालिकोट जिल्ला अदालतले पनि फागुन १२ गते उक्त द्दटनामा संलग्नता नरहेको भन्दै साधारण तारेखमा रिहा गरेको थियो ।लगत्तै अदालत परिसरबाटै पक्राउ गरि दैलेख लगिएको थियो ।
दैलेख प्रहरी हिरासतमा रहेकै बेला बन्दीप्रत्यक्षीकरणको मुद्धा सर्वोच्च अदालतमा दायर भएको थियो । सर्वोच्चले चैत ३ गते रिहा गर्न आदेश दिएपनि गेटबाटै पुन पक्राउ गरी भत्तपुर पुर्याईएको थियो । आज पुनः सर्वोच्च अदालतको आदेशमा नै उनीहरु रिहा भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ