गरीबका पीडाः कोरोनाले भन्दा पहिला भोकले मार्छ हामीलाई !

गरीबका पीडाः कोरोनाले भन्दा पहिला भोकले मार्छ हामीलाई !

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 26.9K
    SHARES

एजेन्सी चैत्र १२ । संसारभर लक डाउनका कारण करीब २ अर्ब बढी मानिसरु घरमा बसिरहेका छन् । त्यसको सबै भन्दा ठूलो मार दैनिक ज्यालादारी मजदुरी गरेर गुजारा गर्ने मजदुरहरुमा पर्ने देखिएको छ ।
खास गरी भारतमा ठूलो संख्यामा करीब एक अर्ब ३० करोड नागरिकलाई लकडाउनमा राखिएका कारण मजदुरहरुको बिचल्ली भएको छ ।
नोयडाका मजदुर चोकका मजदुरहरुले कोरोनाले भन्दा आफूहरुलाई पहिला भोकले मार्ने भन्दै चिन्ता जनाएका छन् ।
त्याहाँ ठूलो संख्यामा निर्माण र अन्य क्षेत्रका मजदुरहरु रहने गर्दछन् । त्यही काम गरेर गुजारा गर्ने रमेश कुमारले भने आज यो सडक सुनसान छ, चराहरु कराईरहेका छन्, मान्छेहरु गायब छन्, मैले यस्तो कल्पना पनि गरेको थिईन कि दिन यसरी आउने छ भनेर । उनले भने ।
दैनिक मजदुरी गरेर ६ सय भारु कमाउने उनले अब दिन कसरी गुजार्ने बाल बच्चा कसरी पाल्ने ठुलो चिन्ता भएको बताए ।
त्यस्तै अन्य मजदुरहरुले पनि २१ दिनको लक डाउनले ठूलो समस्या खडा गर्ने बताएका छन् ।
अलि हसन भन्ने अर्का मजदुरले आफूले यस अघि नै काम गरेको समेत पैसा नपाएको भन्दै भोकमारीको चिन्ता जनाए । भारतमा दशौं लाख मजदुरहरुको यस्तै चिन्ता रहेको बिबिसीले उल्लेख गरेको छ ।
“मैले कसैबाट पनि सहयोग पाएको छैन,मलाई डर छ कोरोनाले भेट्नु अघि हामी भोकले मर्नेछौ”मोहम्मद सबीरले भने । उनी पनि सडकमा दिनभरी काम गरेर गुजारा गर्ने गर्दछन् ।
भारतमा बिश्वको सबै भन्दा धेरै जनसंख्या लकडाउनमा राख्ने भनिएको छ । यति सम्म कि मानिसहरुले लक डाउन अटेर गरे कर्फु लगाउने र गोली हान्ने सम्मको तयारी सरकारले गरीरहेको छ । यस्तोमा करोडौं मजदुरहरुको जीवन निकै संकटमा फसेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ