काठमाडाैंमा आजबाट लकडाउमा कडाई, अटेर गरे ६ महिना थुन्ने: प्रभाव हेर्न जनता सडकमा निस्कने हैन- प्रजिअ दाहाल

काठमाडाैंमा आजबाट लकडाउमा कडाई, अटेर गरे ६ महिना थुन्ने: प्रभाव हेर्न जनता सडकमा निस्कने हैन- प्रजिअ दाहाल

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, १२ चैत ।
कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको पहिलो दिन पूर्ण पालना नभएपछि आजबाट काठमाडौंमा कडाई गरिने भएको छ ।
चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा रोक नहुँदा काठमाडौं उपत्यकामा मानिसहरु सडकमा निस्कने, फोटो खिच्ने, सेल्फी खिच्ने, घुम्ने जस्ता कार्यहरु निर्धक्क भएको पाईएपछि आजबाट कडाई गरिने भएको छ ।
‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो । लकडाउन भएपनि मानिसहरु साँझ परेपछि घरबाहिर निस्किएका थिए ।
मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत गरेका काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘आजबाट काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुन्छ ।’
प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । आजदेखि कसैलाई बाहिर जान नदिने उनले बताए ।
उनले भने, ‘तपाईंहरु सडकमा निस्कनुभयो भने संक्रमणको जोखि सत प्रतिशत हुन्छ भने घरभित्र बस्दा त्यति नै सुरक्षीत, त्यसैले लकडाउनमा घरबाट बाहिर नजानुहोला । ‘
सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ,उनले थपे ,
दाहालका अनुसार सरकारले अधिकार प्रत्यायोजनसमेत गरिसकेकाले सरकारको निर्देशन नमान्ने सर्वसाधरणलाई पनि धरपकड गरेर ६ महिना जेल हाल्न सकिने छ । त्यसकारण सरकारको निर्देशनको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको उनले बताए ।
प्रजिअ दाहालका अनुसार आजबाट प्रहरी पनि अलि बढी निर्मम बन्ने छ । पहिलो दिन सम्झाई बुझाई गरेको भएपनि आजबाट सवारीसाधनमा मात्रै होइन, नागरिकको हिँडडुलमा पनि कडाई गरिने छ ।
देश पूरै लकडाउनमा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा कुनै समस्या नहुने उनले बताए ।
खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधी लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने तर उनीहरुले पनि सुरक्षाका उपाय र सतर्कता अपनाउनु पर्ने प्रजिअको भनाई छ । स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई पनि आवतजावतमा रोक नलगाइएको उनले बताए ।
उनले थपे, ‘लक डाउन कस्तो छ भनेर जनताले अनुगमन गर्न पर्दैन, तपाईहरु घरमा कस्नुस्, लकडाउन पूर्ण रुपमा भयो कि भएन , कस्ले पालन गर्यो गरेर त्यो हेर्ने सरकारले हो । तपाईहरु सडकमा सेल्फी खिच्दै, अनुगमन गर्न भन्दै बहाना बनाएन ननिस्कनुस् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी