आज लकडाउनको दोस्रो दिन , प्रहरीको बाक्लो उपस्थिति , समस्या परे ११८0 मा फोन गर्ने सुविधा

आज लकडाउनको दोस्रो दिन , प्रहरीको बाक्लो उपस्थिति , समस्या परे ११८0 मा फोन गर्ने सुविधा

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चैत्र १२ काठमाण्डौं । कोरोना भाईरसको संभावित संक्रमण र जोखिम कम गर्न सरकारले आव्हान गरेको लक डाउनको पहिलो दिन अपरान्ह पछि केही स्थानमा अवज्ञा भएका कारण आजबाट बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राजधानी सहित देशैभरी सुरक्षाकर्मी खटाएर लकडाउनलाई कडा गरिएको छ । बिहानै देखि राजधानी सहित देशभरका मुख्य शहर र बजार क्षेत्रहरु सुनसान प्रायः छ । लक डाउन नटेर्ने र लापरबाही गर्नेमाथि आजबाट थप कडाई गर्ने प्रहरीको तयारी छ ।
उपत्यकाबाट दश दिनको बीचमा लक डाउन अघि बाह्र लाख मानिसहरु बाहिरीएकाले पनि उपत्यकामा जनसंख्याको चाप केही घटेको छ ।
लक डाउन चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि आव्हान गरिएको छ । कोरोनाको जोखिम अझ बढे लकडाउन अर्को चरणमा के गर्ने भनेर सरकारले अर्को निर्णय गर्ने उच्च स्तरीय समितिका एक सदस्यले बताए ।
यसैबीच लकडाउनमा समस्या परे ११८० मा कल गर्ने सुविधा दिईएको छ । जिज्ञासा, समस्या केही परेमा सुझाव लिन दिन परेमा काठमाण्डौं महानगरपालिकाले यो टोलफ्रि नं व्यवस्था गरेको हो ।
यसै गरी कोरोनासँग सम्बन्धि परामर्श आवस्यक परे मोबाईल नं ९८४९८५६६७१,९८४९८५६६७२,९८४९८६०५४६ मा समेत सम्पर्क गरेर जानकारी लिन सकिने महानगरपालिकाकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केले बताईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ