सीमानाकामा अलपत्र नेपालीलाई अन्तिम पटक आज प्रवेश दिईने, तर १४ दिन क्वारेन्टाईनमा रहनु पर्ने

सीमानाकामा अलपत्र नेपालीलाई अन्तिम पटक आज प्रवेश दिईने, तर १४ दिन क्वारेन्टाईनमा रहनु पर्ने

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, चैत ११ । सरकारले नेपाल–भारत सीमानाकाहरुमा अलपत्र परेका नेपालीहरुलाई १४ दिन ‘क्वारेन्टाइन’मा बस्ने शर्तसहित अन्तिमपटकका लागि नेपाल प्रवेश गर्न दिएको छ ।

भारतबाट आएका नेपालीहरु विभिन्न नाकामा ठूलो संख्यामा रोकिएर समस्या उत्पन्न भएकाले उनीहरुलाई शर्तसहित नेपाल प्रवेश गर्न दिइएको हो ।

कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको मंगलबार दिउँसो बसेको बैठकले अन्तिमपटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।

यस्तै, धुलिखेल, वीर अस्पताल र बीपी कोइराला प्रतिष्ठानमा उपकरण जडान गर्ने निर्णय पनि समितिले गरेको छ ।

यस्तै, कोरोना राहतका लागि जोसुकैले खडा गरेका कोषमा जम्मा हुने रकम एक साताभित्र केन्द्रीय कोषमा जम्मा गर्न भनिएको जानकारी सरकारका प्रवक्ता डा। युवराज खतिवडाले दिए ।

सरकारले कोरोनासँग सम्बन्धित कुनैपनि स्वास्थ्य सामग्री निजी क्षेत्रले आयात गर्न चाहेमा त्यसको अनुमति दिने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ