काठमाडौँ चैत्र ११ । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि चीन सरकारले नेपाल सरकारलाई चिकित्सा सामाग्री सहयोग पठाउने भएको छ ।
चीनीया राजदुर योगं हाउछीले ट्वीटर मार्फत नेपालका लागि प्रार्थना गर्दै यस्तो जानकारी दिएकी हुन् ।
’हामी नेपालका लागिप्रार्थना गर्दैछौ। हाम्रा नेपाली साथीहरूलाई सहयोग र्पुयाउन चिकित्सासामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं ।’ उनले ट्वीटरमा लेखेकी छन् ।
चीनले मोटामोटी आफ्नो देशमा फैलिएको कोरोना नियन्त्रणमा लिईसकेको छ ।
यस अघि चीनको आग्रह अनुसार नेपालले आफूलाई चाहिने १९ वटा सामाग्रीहरुको सूची पठाएको छ । सो सूची अनुसार औषधी र श्वास्थ्य सामाग्रीहरु ल्याउने तयारी अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालले चीनसगँ औषधी, एन ९५ मास्क, आईसियु बेड,कोरोना टेष्ट किट लगायतका सामग्रीको सूची पठाएको थियो ।