लकडाउन उल्लंघन भएपछि सप्तरीमा सेना सडकमा, घरभित्र नबसे कर्फ्यू लगाउने चेतावनीः निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

लकडाउन उल्लंघन भएपछि सप्तरीमा सेना सडकमा, घरभित्र नबसे कर्फ्यू लगाउने चेतावनीः निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जनकपुरधाम, चैत ११ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघनका घटनामा बृद्वी भएपछि नेपाली सेना सडकमा आएको छ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन नछाडेपछि सप्तरीमा प्रहरीसँगै सहयोगका लागि नेपाली सेनासमेत सडकमा आएकोहाे ।

फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् । प्रहरी परिचालन लगाएर सिरहाको लाहानमा रहेकेा गुद्री हटिया बन्द गराइएको छ ।

सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराज सहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिनुभयाे ।

महोत्तरी, सर्लाही जिल्लामा पनि फाटफुट मान्छेहरु बाहिर निस्किरहेका छन् । रौतहट जिल्लामा लकडाउनको पालना गरिएको छ । न्यून मान्छेहरु बाहिर निस्केका छन् । बारा र पर्सामा भने लक डाउनको पूर्ण पालना हुन सकेको छैन । सर्वसाधारण अझै बाहिर आइरहेका छन् ।

कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने  स्थानीय प्रशासनकाे चेतावनी छ । बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले बताउनु भयाे । यस्तै अवस्था रहिरहे कर्फ्यू लगाएर भए पनि सबैलाई घरमा बसाउन बाध्य हुने उनले चेतावनी दिनुभयाे ।

निर्देशन पालना गर्न मुख्यमन्त्रीको आह्वान

मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र तीनवटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार रहेको उल्लेख गरिएको छ । उहाँले प्रदेशमा २५० आइसोलेशन श्यया तयारी अवस्थामा रहेको र थप आइसोलेशन श्ययाको लागि गृहकार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई रु ५०÷५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रु पाँच लाख उपलब्ध गराइएको छ ।

उहाँले सामाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई रु १२ लाख, जिल्ला अस्पतालहरुलाई रु पाँच÷पाँच लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि रु १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रु पाँच लाख, जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई रु पाँच लाख, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि रु १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि रु १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि रु १० लाख, एकीकृत अनुगमनको लागि रु पाँच लाख, एम्बुलेन्स सेवाको लागि रु तीन लाख छुट्याइएको जानकारी गराउनु भएको छ । यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारीसँग लड्न विभिन्न तयारीका कार्यहरु गरेको र उपकरणहरुको अभाव रहेको अवस्थामा यस महामारीविरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण, मास्क, थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग माग गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ