आजदेखि नेपालभर लकडाउन, के गर्ने के नगर्ने ? सरकारको आदेश सहित

आजदेखि नेपालभर लकडाउन, के गर्ने के नगर्ने ? सरकारको आदेश सहित

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौं चैत्र ११ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमित राजधानी काठमाण्डौंमा समेत फेला परे पछि सरकारले देशभर आजबाट एक साताका लागि लकडाउन घोषणा गरेको छ । आज बिहान ६ बजेबाट यो लक डाउन शुरु हुदैछ । फ्रान्सबाट कतार हुदै आएकी एक युवतीमा कोरोना भेटिएको सार्वजनिक गरेकै दिन सरकारद्धारा गठित कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्च स्तरीय समितिले बैठक बसेर यस्तो निर्णय गरेको थियो ।
लक डाउन के गर्न पाईन्छ के पाईदैन ?
लक डाउन भन्नाले अत्यावस्यक बस्तु र सेवाको आपुर्ति बाहेक अन्य बन्द हुनेछ ।
अस्पताल, औषधी , खाद्यन्न लिन जान बाहेक अन्य अवस्थामा घरबाट निस्कन पाईने छैन । यदी जथाभावी हिडेको पाईएमा पक्राउ गरेर थुन्न सकिने समेत सरकारको चेतावनी छ ।
बिशेष काम वा पेशाले अनुमति लिएको सवारी साधन, सुरक्षाकर्मी र एम्बुलेन्स बाहेक अरु सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाईने छैन ।
श्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, पानी , फोहोरमैला व्यवस्थापनबाहेक अन्य सरकारी कार्यलय बन्द रहने र कर्मचारीलाई विदा दिने ।
निजी क्षेत्रमा काम गर्ने कर्मचारी मजदुर सबैलाई विदा दिने तर औषधी खाद्यबस्तु, श्वास्थ्य उपकरणको उद्योग भने चालु राख्ने ।
औषधी र औाषधीजन्य व्यशाय र आपुर्ति खुल्ला राख्ने तर कालोबजारी गरेको पाईएमा कडा कार्बाही गर्ने छ सरकारले ।
कोरोना एक व्यक्तिबाट अरु थुप्रै व्यक्तिमा एकै पटक तुरुन्तै सर्न सक्ने रोग भएको र यसको तत्काल उपचार , भ्याक्सिन र औषधी पनि नभएका कारण विश्वभर ठूलो चूनौती बनेकाले नेपालमा संभावित जोखिम कम गर्न यो उपाय अपनाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ