एजेन्सी, १० चैत ।
विश्वभर महामारी घोषित कोरोना भाईरसको उत्पत्तिको बिषयमा ंतर्क वितर्क आईरहेका बेला एउटा नयाँ जानकारी सार्वजनिक भएको छ । अमेरीकाले वुहान वा चीनीया भाईरस भनिरहेको छ भने चीनले वुहानमा देखा परे पनि यो भाईरसको उत्पत्ति अन्तै भएको हुन सक्ने भन्दै अमेरीकी आरोपको खण्डन गरीरहेको छ ।
वैज्ञानिकहरुका अनुसार गत नोभमेम्बर २०१९ मा नै ईटालीमा एक अनौठो प्रकारको न्युमोनिया देखा परेको थियो । यो भाईरस निकै अनौठो देखिएको थियो । चीनमा कोरोना देखिनु भन्दा अघि नै ईटालीका केही बिरामीमा अनौठो भाईरस देखिएको थियो । यसको अर्थ चीनको वुहानमा कोरोना महामारी देखा पर्नु अघि नै ईटालीमा भाईरस घुमिरहेको थियो । सिनह्वाका अनुसार द लेसेंट पेपरमा नेस्नल पव्लिक रेडियोका सह लेखक गिउसेपी रेमुजीको रिपोर्टमा भनिएको छ ‘ २१ फेब्रुअरीमा भाईरसको प्रकोपको खुलासा भए पछि ईटालीमा सुरक्षाको व्यवस्थामाथि प्रश्न उठेको छ । ’
रेमुजीले आफूले डाक्टरहरुबाट यस बारेमा सुनिरहेको थिँए भनेका छन् । “ मलाई याद छ कि बृद्ध बृद्धामा गत नोभमेम्बर डिसेम्बरमा धेरै अनौठो निमोनिया देखियो । यसको मतलव भाईरस कमसेकम उत्तरी क्षेत्र लोम्बार्डीमा घुमिरहेको थियो, जब कि त्यो बेला सम्म हामी चीनमा भएको प्रकोपको चर्चा गरीरहेका थियौँ ।” रेमुजीले रिपोर्टमा लेखेका छन् । उनले अन्य देशले ईटालीबाट सबक सिक्न सक्ने बताएका छन् । निकै तीव्र गतिमा ईटालीले जनरल हस्पिटललाई कोरोना सेन्टरमा परिणत गरे । इटालीमा हाल सम्म ५९१३८ जना संक्रमित छन् भने ५४७६ को मृत्यु भएको छ ।