भारत र चीनका नाका बन्द हुँदा पेट्रोलियम पदार्थको ढुवानी रोकिदैनः निर्देशक पौडेल

भारत र चीनका नाका बन्द हुँदा पेट्रोलियम पदार्थको ढुवानी रोकिदैनः निर्देशक पौडेल

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाडौं, ९ चैत ।
नेपाल आयल निगमले सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गरेपनि पेट्रोलियम पदार्थको ढुवानी नरोकिने जनाएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले मन्त्रीपरिषद्को निर्णयले पेट्रोलियम पदार्थको ढुवानी तथा वितरण कार्यमा समस्या नआउने प्रष्ठ पारेका हुन् । सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर पर्दैन पाैडेलले भने ।

मन्त्रिपरिषद्को आइतवार साझ बसेको बैठकले भोलिदेखि सात दिनसम्मका लागि नेपालसँग जोडिएका चीन तथा भारत तर्फका सिमाहरु तत्काल वन्द गर्ने निर्णय गरेपछि निर्देशक पौडेलले सामाजिक सन्जाल फेसबुकमार्फत अत्यावश्यक सामान ढुवानीमा समस्या आउन नदिने बताएका हुन् ।

उनले लेखेका छन्, ‘चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सिमाहरु तत्काल वन्द गरिने निर्णय मानिसहरुको आवागमनमा रोक लगाईको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी सम्पू्र्ण सवैलाई सूचित गरिन्छ।’

साथै कार्यकारी निर्देशक पौडेलले निगमका आ–आफ्ना क्षेत्रका कार्यलय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत निर्देशन दिएका छन् ।

विश्वव्यापी बनेको कोरोना (कोभिड १९) भाइरसको संक्रमणलाई नियन्त्रण गर्न आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गर्ने निर्णय गरेको छ ।

उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि सिमा सिल गरिएपनि इन्धन र अत्यावश्यक सामान ढुवानीमा समस्या नहुने प्रष्ठ पारेको छ । मन्त्रालयले ट्वीट गर्दै सरकारले सात दिनका लागि मानिसहरुको आवागमन बन्द गर्ने निर्णय गरेको जनाउदैँ यो मालसामानको हकमा लागु नहुने जनाएको हो ।
ट्वीटमा लेखिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को आजको बैठकले भारत र चीन दुबैतर्फका नाकाबाट सोमबार बिहान १० बजेबाट सात दिनका लागि मानिसहरुको आवागमन बन्द गर्ने निर्णय गरेको छ । यो निर्णय मालसामानको हकमा लागू हुने छैन । तसर्थ ती नाकाबाट हुने मालसामानको आवागमन सुचारु नै रहने व्यहोरा जानकारी गराइन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ