कोरोनाविरुद्ध ५० करोडको कोष गठनदेखि भारत र चीनका नाका बन्द गर्नेसम्म, यी हुन् मन्‍त्रिपरिषद्को निर्णयहरू

कोरोनाविरुद्ध ५० करोडको कोष गठनदेखि भारत र चीनका नाका बन्द गर्नेसम्म, यी हुन् मन्‍त्रिपरिषद्को निर्णयहरू

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

९ चैत, काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गर्ने निर्णय गरेकेा हाे ।विश्वव्यापी बनेको कोरोना (कोभिड १९) भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले यो निर्णय गरेकेा एक मन्त्रीले बताए ।

विश्वव्यापी बनेको कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले उपचार र औषधि सहज बनाउन राहत कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारको तर्फबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब उपलब्ध गराउने निर्णय भएको छ । सँगै सरकारले कोषमा सहयोग गर्न अन्य सबै इच्छुकलाई आह्वान गर्ने निर्णयसमेत गरको छ ।

भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेकाेमा  भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन ।

अहिले रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली स्वदेश फर्किएपछि यसले कोरोनाको संक्रमण फैलिने जोखिम बढेकाे भन्दै शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

केही जिल्लाले आइतबार स्थानीय स्तरमा सहमति गरेर नाका बन्द गर्ने निर्णय पनि गरेका छन् ।

उता, भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगत्तै नेपालमा मन्त्रिपरिषद बैठकले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ