नेपालले चीनीया मोडेलमा कोरोनाको विरुद्ध तयारी गर्ने

नेपालले चीनीया मोडेलमा कोरोनाको विरुद्ध तयारी गर्ने

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौं चैत्र ९ । नेपालले कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिरोधका लागि चीनीया मोडल अपनाउने तयारी गरेको छ । यस अन्तर्गत सुरक्षा फौज र त्यस मातहतको चिकित्सकहरु ठूलो संख्यामा परिचालन गर्ने, शसस्त्र प्रहरीको अस्पताल सहित केही अस्पताललाई अलग्गै कोरोना प्रभावितको उपचार गर्ने अस्पतालको रुपमा प्रयोग गर्ने, चीनबाट परीक्षण किट र औषधी ल्याउने तथा भिडियो कन्फेरेन्स मार्फत र उतैबाट केही प्रशिक्षक चिकित्सक ल्याएर पनि स्वदेशका चिकित्सकहरुलाई तालिम दिने तयारी भएको उद्योगा वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
संघीय संसद्का दुवै सदनको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबार बसेको बैठकमा मन्त्री भट्टले चीनीया मोडेलका बारेमा अध्ययन र सहकार्य भईरहेको दाबी गरे ।
प्रदेशहरूमा पनि सुरक्षाकर्मीका अस्पताललाई र सुरक्षा केन्द्रमा अस्पताल बनाउने तयारी भएको छ।’ चीनमा सुरक्षा निकायलाई कोरोनाविरुद्ध उपचारमा संलग्न गराइएको उनले बताए ।
चीनबाट कोरोनाको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्री भट्टले बताए । चीन अहिले कोरोनाबाट मुक्त हुदै गएको छ भने नेपाल अति नै संवेदनशील रहेको मानिएको छ । यद्यपि, हाल सम्म नेपालमा प्रवेश भने गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ